हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित शाहीद स्मारक पर्कमा जिपलाइन सञ्चालनमा आएको छ ।
शाहीद स्मारक बिकास समितिको सहकार्यमा जिपलाइन सञ्चालनमा लिएको शाहीद स्मारक बिकास समितिका सञ्चालक रबी रेग्मीले बताए । उनले भने ‘शाहीद स्मारक बिकास समितिको सहकार्यमा र हामी केहि साथीहरु मिलेर जिपलाइन सञ्चालनमा ल्याएका हौं । आशा छ सबैलाइ मन पर्नेछ ।’


अहिले साइकिलिङ, जिपलाइन सञ्चालनमा छ, अरु निर्माणाधिन अवस्था रहेको रेग्मी बताए । मकवानपुर गडिपछी तेस्रोपल्ट सहिद स्मारकमा जिपलाइन सञ्चालनमा ल्याइएको हो भने पहिलो चोटी स्काई साइक्लिङ सुरु गरेको अनुमान गरिएको छ। साथै जिपलाइन पूर्णरुपमा सञ्चालन आउन केहि दिन लाग्ने रेग्मीले बताएका छन।












