हेटौंडा १० बसपार्कको पारिजात पार्कमा घण्टाघरको शिलान्यास

Image
Oplus_131072

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर १० बसपार्कको पारिजात पार्क भित्र निर्माण हुने पारिजात घण्टाघरको शिलान्यास भएको छ । हेटौँडा बसपार्क क्षेत्रलाई थप ब्यवस्थित र आकर्षक बनाउनको लागि निर्माण हुन लागेको घण्टाघरको आज हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाको प्रमुख अतिथिमा शिलान्यास गरिरहेको हो ।

१ करोड ५ लाख लागतमा निर्माण हुने घण्टाघर ५२ फिट लामो बनाईने हेटौँडा उपमहानगरपालि वडा नंबर १० का वडाध्यक्ष फूर्वादोर्जे लामाले बताएका छन। निर्माण हुने घण्टाघरले बसपार्कको सौन्दर्यता लाई थप बढाउने लामाको भनाई रहेको छ । घण्टाघरको निर्माण आगामी वर्षसम्ममा भइसक्ने योजना रहेको वडाध्यक्ष लामाको भनाई रहेको छ ।