हेटौंडा ११ सरस्वती टोलकी युवतीको होटेलमा हत्या

Image

हेटौंडा। हेटौंडा उमपहानगरपालिका–१० बसपार्कमा रहेको एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ ।

युवती हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी अन्दाजि २३ वर्षीया एलिसा न्यौपानेको होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भन्डारीले बताएका छन्। आइतबार अपरान्ह ५ बजेतिर होटलमा एक युवकसहित पुगेको बताइएको छ ।

न्यौपानेसँगै आएका युवक भने बेलुका ९ बजेतिर नै कोठाबाट भागेको र युवकले युवतीलाई २ वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले जनाएको छ । सोमबार बिहान अबेरसम्म कोठा नखुलेपछि होटलवालाले प्रहरी र वडाध्यक्ष लाई बोलाई कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् भने हत्यारा को खोजि कार्य भैरहेको प्रहरिले बताएका छन ।

युवकको पहिचान भने खुल्न सकेको छैन । होटलमा युवकले आफ्नो नाम र मोबाइल नम्बर गलत लेखाएको कारणले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने शव हेटौंडा अस्पतालमा राखिएको जानकारी प्रहरि नयाव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिएका छन्