बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ८ को कार्यालयमा जलवायु परिवर्तन अनुकुलन तथा जैविक विविधता सम्बन्धी वडा स्तरीय गोष्ठि कार्यक्रम सम्पन्न भएको छ। युएसएआइडीको सहयोगमा यो कार्यक्रम बैतडीका ६ स्थानीय तहमा कार्यान्वयनको चरणमा रहेको छ ।
उक्त कार्यक्रममा जनप्रतिनिधी, वडा क्षेत्रभित्रका सामुदायिक वनका पदाधिकारी, युवा सञ्जाल, महिला सञ्जाल, दलित सञ्जाल, टोल विकास समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
जलवायु परिवर्तन अनुकुलन तथा जैविक विविधता सम्बन्धि गोस्टी कार्यक्रमकी सहजकर्ता मिनु गौतमले जलवायु परिवर्तन, यसको असर र जलवायु परिवर्तन अनुकुलनका उपायका बारेमा जानकारी गराएकी थिइन् । यस गोष्टि कार्यक्रमबाट सचेतना अभिवृद्धि हुने र जलवायु परिवर्तनको असर कम गर्नको लागि आवश्यक ज्ञान प्राप्त हुने बताइएको थियो ।
गोष्ठि कार्यक्रमको सभाध्यक्ष समेत रहेका वडा अध्यक्ष हरिश बिष्टले जलवायु परिवर्तन अनुकुनको लागि वडा तहबाट आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताएका थिए । जलवायु परिवर्तनले हाम्रो सामाजमा परेको असरका बारेमा जानकारी प्राप्त भएको वडा अध्यक्ष बिष्टले बताएका थिए । वडा कार्यालयले गठन गरेको महिला सञ्जाल, युवा सञ्जाल, दलित सञ्जाल, टोल विकास संस्था, सामुदायिक वनका पदाधिकारीहरुले जलवायु परिवर्तन अनुकुलनका विषयमा जानकारी हासिल गरेको र व्यावहारमा पनि लागु गर्नुपर्नेमा जोड दिए ।