Khabar Board
Flash logo up side
flash header

वि.सं. २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केहि कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, होसीयारी पूर्वक काम गर्नुहोला । यातायातका साधनबाट पनि जोगिनु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैँया पैसा प्राँप्त हुने दिन रहेको छ ।

यातायात कार्यालय हेटौँडा

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसँग पनि भेट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । साथै, मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, विचार गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ । तर, ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान सम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जानेछ । सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
काममा सहयोगी साथी भाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यवसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तपाइका प्रशंसा गर्नेहरु बढ्ने छन् । ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साथै, धन लाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साह बर्द्धक समय छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आएपनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नुहोला, कतै टाढाको यात्राको सम्भावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुँदैछ, काम गर्नमा खासै मन नजाला ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.