काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
टस जितेपछि काठमाडौं गोर्खाजले फिल्डिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
तेस्रो संस्करणको एनपिएल अन्तर्गतको आजको यो पहिलो खेलमा दुवै टिम उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छन् ।















