काठमाडौं ।
घरेलु मैदानमा जारी टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध खेल्दैछ । नेपाल र मेलेसियाबीचको खेल बुधबार मध्यान्ह १२ः३० देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिमले पहिलो खेलमा जित हात पारिसकेका छन् ।
पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई १५ रनले हराएको थियो । सो खेलमा नेपालले ब्याटिङ उत्कृष्ट गर्यो । यद्यपि, बलिङमा भने नेपालले सोचेअनुरूप गर्न सकेन । नेपालले पिएनजीसँग गरेका गल्ती दोस्रो खेलमा सुधार गर्नुपर्ने देखिन्छ ।
मलेसिया पनि आफ्नो उत्कृष्ट लय कायम राख्ने साेचमा छ । उसले मंगलबार भएको खेलमा मलेसियाविरुद्ध ८ रनको रोमाञ्चक जित निकाल्याे । मलेसियाले पहिला ब्याटिङ गर्दै पिएनजीलाई १८१ रनको बलियो लक्ष्य दिएको थियो ।
राम्रो ब्याटिङ गरेको मलेसियाले पिएनजीविरुद्ध ३ विकेट मात्र गुमाएको थियो । मलेसियालाई कमजोर नठानेर नेपालले उत्कृष्ट रणनीतिका साथ खेल्न आवश्यक छ । यी दुई टोलीबीच भएका पछिल्लो ५ टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल हाबी छ ।
पाँचमध्ये नेपालले चार खेल जितेको छ । २९ फेब्रुअरी २०२० मा भएको खेलमा भने नेपाल मलेसियाविरुद्ध २२ रनले पराजित हुन पुग्यो । नेपाललाई हराउने सो टिमका खेलाडी यसपालि मलेसियाको टोलीमा छन् ।
२०१९ मा यी दुई टोलीले २ म्याच खेलेका थिए । जसमा नेपालले मलेसियालाई एकमा ६ रन र एक खेलमा ७ विकेटले हराएको थियो । त्यस्तै, २०२० मा नेपाल र मलेसियाले एकअर्काविरुद्ध खेल मात्र खेले । जहाँ मलेसियाले नेपाललाई २२ रनले हराउँदै इतिहास रचे ।
त्यस्तै, २०२१ म यी दुई टोलीले एकअर्काविरुद्ध २ खेलमा प्रतिस्पर्धा गरे । जसमा नेपालले एकमा ९ विकेट र एक खेलमा ६९ रनले हराएको थियो । नेपालले जारी सिरिजको दोस्रो खेलमा पनि पिएनजीसँग खेलकै प्लेइङ–११ लाई निरन्तरता दिने सम्भावना छ ।
यो पनि पढौं : अनि कूल विनोद भण्डारी ‘आगो’ भए
यो पनि पढौं : आईसीसीको नयाँ वरियता सार्वजनिक, नेपालको स्थान कहाँ?