पञ्जाबले दियो चेन्नईलाई बलियो लक्ष्य, लिभिङस्टोनले हिर्काए सर्वाधिक लामो छक्का

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्स (सिएसके) लाई १८१ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।

उसका लागि लियाम लिभिङस्टोनले उत्कृष्ट पारी खेले । उनले ३२ बलमा पाँच छक्का र पाँच छक्कासहित ६० रन बनाए । लिभिङस्टोनले ४.१ ओभरमा मुकेश चौधरीको बलमा १०८ लामो छक्का हिर्काए । योसँगै उनी जारी सिजनमा सर्वाधिक लामो छक्का हिर्काउने ब्याटर बनेका छन् ।

त्यस्तै, आज शिखर धवनले ३३, जितेश शर्माले २६, कागिसो रबाडा र राहुल चाहरले १२/१२ रनको योगदान दिए । चेन्नईका लागि ड्वेन प्रिटोरियस, क्रिस जोर्डनले दुई/दुई, ड्वन ब्रावो, रवीन्द्र जडेजा र मुकेश चौधरीले एक/एक विकेट लिए ।

जारी सिजनमा गत विजेता चेन्नईले दुई म्याच खेल्दा दुवै खेलमा हार बेहोरेको छ । पञ्जाबले दुईमध्ये एकमा जित र खेलमा हारको सामना गरेको छ । हालसम्म पञ्जाबले आईपीएल उपाधि जित्न सकेको छैन ।

यो पनि पढौं– नयाँ कीर्तिमान नजिक दीपेन्द्र, भोलि हासिल गर्न सक्लान्?

यो पनि पढौं– २०२२ मा सर्वाधिक रन : शीर्षमा छन् दीपेन्द्र, यस्ताे छ स्टारको स्थान