यी हुन् टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ‘मेडन ओभर’ फ्याँक्ने पाँच बलर

Image

काठमाडौं ।

नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक मेडन ओभर फ्याँक्ने सूचीको शीर्ष स्थानमा कप्तान सन्दीप लामिछानेको नाम आउँछ । हालसम्म ३९ म्याच खेलेका उनले यो फर्म्याटमा ३ ओभर मेडन फालेका छन् ।

सन्दीपले अहिलेसम्म टी–२० अन्तर्राष्ट्रियमा ६.३४ को इकोनमीमा सर्वाधिक ७३ विकेट पनि लिएका छन् । जसमा उनको उच्च बलिङ प्रदर्शन २० रन दिएर ४ विकेट लिनु हो । सन्दीपले हालसम्म दुई म्याचमा चार–चार विकेट लिएका छन् ।

उनले अहिलेसम्म यो प्रारूपमा १४५.५ ओभर बलिङ गर्दा ९२० रन दिएका छन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली बलर पनि हुन् । उनले अहिलेसम्म यो फर्म्याटमा ३.९० को इकोनमीमा ५० विकेट लिएका छन् ।

हालसम्म सन्दीपले नेपालका लागि दुवै प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यो सूचीको दोस्रो स्थानमा चार खेलाडी छन् । सूचीको दोस्रो स्थानमा पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामी छन् । यी चारवटै खेलाडीले टी–२० मा दुई/दुई ओभर मेडन फालेका छन् ।