काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध पनि राजस्थान रोयल्सका प्रारम्भिक ब्याटर जोस बटलरले शतक बनाएका छन् । उनले ५९ बलमा पाँच छक्का र ९ चौकासहित शतक पूरा गरेका हुन् । जारी सिजनमा बटलरको यो दोस्रो शतक हो ।
यसअघि बटलरले यही संस्करणमा मुम्बई इण्डियन्सविरुद्ध ६८ बलमा ११ चौका र पाँच छक्कासहित १०० रन बनाएका थिए । आईपीएलमा भने उनको यो तेस्रो शतक हो । बटलरले आईपीएलमा पहिलो शतक २०२१ मा बनाएका थिए ।
आज शतक बनाएसँगै बटलरले इतिहास रचेका छन् । उनी आईपीएलको एकै सिजनमा दुई शतक बनाउने पहिलो इंग्लिस खेलाडी बनेका छन् । बटलरअघि कुनै पनि इंग्लिस खेलाडीले आईपीएलको एकै सिजनमा दुई शतक बनाएका थिएनन् ।
साथै, उनले राजस्थानका लागि आईपीएलमा तीन शतक बनाउने पहिलो ब्याटरको रेकर्ड पनि बनाएका छन् ।बटलरले आज ६१ बलमा ६ चौका र पाँच छक्कासहित कुल १०३ रन बनाए ।