बैंग्लोरले दियो लखनउलाई बलियो लक्ष्य, शतक बनाउन चुके कप्तान डुप्लेसिस

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को ३१ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई १८२ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनायो ।

उसका लागि कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ६४ बलमा ११ चौका र दुई छक्कासहित ९६ रन बनाए । फाफले सस्तैमा दुई विकेट गुमाएको अवस्थालाई अगाडि बढाउँदै उत्कृष्ट पारी खेले । त्यस्तै, सहबाज अहमदले २६, ग्लेन म्याक्सवेलले २३, दिनेश कार्तिकले अविजित १३ र सुयश प्रभुदेसाई ले १० रनको योगदान दिए ।

विराट कोहली शून्य र अनुज रावत चार रनमै आउट भए । लखनउका दुश्मन्था चामेरा, जेसन होल्डरले दुई/दुई र कृणाल पाण्ड्याले एक–एक विकेट लिए । जारी सिजनमा लखनउ र बैंग्लोरले ६/६ म्याच खेल्दा समान चारमा जित र दुई खेलमा हार बेहोरेका छन् ।