सचिनका छोराले आज गर्न सक्छन् डेब्यू, अभ्यासमा स्टार ब्याटरलाई गरे बोल्ड (भिडियोसहित)

Image

काठमाडौं ।

सचिन तेन्दुलकरका छोरा अर्जुनको एउटा भिडियो भाइरल भइरहेको छ । जसमा उनले अभ्यासका क्रममा मुम्बई इण्डियन्सका ओपनर इशान किशनलाई बोल्ड गरेका छन् । अर्जुनले उत्कृष्ट योर्करमा बलिङ गरेका देखिन्छन् ।

उनी पछिल्लो सिजनमा पनि मुम्बईको टिममा थिए । तर, अर्जुनले एक खेलमा पनि मौका पाएनन् । यसपटक पनि मुम्बईले लगातार ६ खेलमा हार बेहोरेको छ । तर, अर्जुनलाई मैदानमा उतारिएको छैन । यस्तो अवस्थामा यो भिडियोले अर्जुनको प्रतिभालाई बाहिर ल्याइरहेको छ । समर्थकले अब उनलाई प्लेइङ–११ मा समावेश गर्नुपर्ने माग पनि गरिरहेका छन् ।

प्लेअफमा पुग्ने सम्भावना कमजोर भएकाले अब मुम्बईले अर्जुनलाई प्लेइङ–११ मा मौका पनि दिनसक्छ । मुम्बईले ६ म्याच खेल्दा सबैमा हार बेहोरेको छ । उसले सातौँ खेलमा बिहीबार चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध खेल्दैछ ।

चेन्नईका थप अर्का खेलाडी घर फर्किए, अनुबन्ध भए ‘जुनियर मलिंगा’

न्यूजिल्याण्डका तीव्र गतिका बलर एडम मिल्नेले भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी म्याच गुमाउने भएका छन् । ह्यामस्ट्रिङमा समस्या देखिएपछि उनले लिगको बाँकी खेल गुमाउने भएका हुन् । जारी सिजनको पहिलो खेलमा उनको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो ।

बाँकी खेलका लागि उनी उपलब्ध हुने आशा थियो । तर, पूर्णरूपमा फिट नभएपछि मिल्ने आईपीएलबाट बाहिरिएका हुन् । यसअघि नै चेन्नईका अर्का तीव्र गतिका बलर दीपक चाहर पनि आईपीएलबाट बाहिरिसकेका छन् । मिल्नेको स्थानमा चेन्नईले श्रीलंकाका युवा तीव्र गतिका बलर मथीशा पाथिरानालाई अनुबन्ध गरेको छ ।

चेन्नईले उनलाई २० लाख भारुमा अनुबन्ध गरेको हो । पाथिरानाले २०२२ र २०२२ को यू–१९ विश्वकप खेलिसकेका छन् । उनी ‘जुनियर मलिंगा’को नामले पनि परिचित छन् । उनी लसिथ मलिंगाको शैलीमा बलिङ गर्छन् ।

जारी सिजनमा चेन्नईले खराब प्रदर्शन गरिरहेको छ । उसले ६ म्याच खेल्दा एक खेलमा मात्र जित हात पारेको छ । चेन्नईले आफ्नो सातौँ खेलमा बिहीबार मुम्बई इण्डियन्सको सामना गर्दैछ । मुम्बईले ६ म्याच खेल्दा सबैमा हार बेहोरेको छ ।