यू-१९ विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा, कृतिकासहित यी खेलाडीले पाए मौका

Image

काठमाडौं ।

आईसीसी महिला यू–१९ विश्वकप छनोटको लागि नेपाल क्रिकेट संघ (क्यान) ले ४४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बिहीबार विश्वकप छनोटका लागि ४४ खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाएको हो ।

बन्द प्रशिक्षण १० वैशाखबाट पोखरामा सुरु हुने क्यानले जनाएको छ । एसिया क्षेत्र छनोटमा कति टोली सहभागी हुने एकिन हुन सकेको छैन । शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलोपटक हुने यू-१९ टी–२० महिला विश्वकप खेल्न पाउनेछ । अर्को वर्ष दक्षिण अफ्रिकाकामा हुने पहिलो संस्करणको विश्वकपमा १६ राष्ट्रको सहभागिता रहनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी हेलिषा गुरुङ, किरण कुमारी कुँवर, कृतिका मरासिनी, त्रिशना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रञ्जु श्रेष्ठ, साना प्रविन, यशोदा विष्ट, एलिशा यादव, विमला मलह, एलिशा कुमारी कडायत, हिरामायी रोय, स्नेहा महरा रहेका छन् ।

त्यस्तै, मनिषा उपाध्याय, बिना थापा, अञ्जली थापा, मनिषा चौधरी, विपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यासु पाण्डे, ज्योति दनुवार, मधु राउत, श्रीमी सिंह थारू, भावना कामती, सोनी पाख्रिन, प्रिया मलहले पनि बन्द प्रशिक्षणमा मौका पाएका छन् ।

सोनिया थापा, मनिषा राना मगर, दिक्षा पुरी, नितु घर्ति मगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, सृष्टि जैशी, अञ्जली शाह, निशा शाह, अंग पेम्बा लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाललाई पनि क्यानले बन्द प्रशिक्षणमा बोलाएको छ ।