Khabar Board
Flash logo up side
flash header

आईसीसी टी-२० वरियता : यी हुन् शीर्षका १२ र पुछारका सात टिम

Nirbachan m

काठमाडौं ।

वर्तमान समयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरियताको शीर्ष स्थानमा भारत छ । अन्तिम अपडेटमा दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा पाकिस्तान, चौथोमा दक्षिण अफ्रिका, पाँचौंमा अष्ट्रेलिया, छैटौँमा न्यूजिल्याण्ड, सातौँमा वेष्ट इण्डिज, आठौँमा बंगलादेश, नवौँमा श्रीलंका र १० औंँमा अफगानिस्तान रहेका छन् ।

त्यस्तै, ११ औँमा यूएइ, १२ औँमा जिम्बाब्वे, वरियताकाे १३ औँ नेपाल रहेका छन् । आईसीसीको पछिल्लो नियमअनुसार वरियताको १२ भित्र रहने टिमले सिधै विश्वकपमा स्थान सुरक्षित गर्ने नियम बनाएको छ ।

Center article

आईसीसीले नयाँ नियम बनाएपछि समर्थकमा वरियताको चासो व्यापक बढ्न थालेको छ । अहिले आईसीसीले कूल ९१ टिमलाई टी–२० वरियतामा समावेश गरेको छ । पछिल्लो वरियतामा ९१ औं स्थानमा दक्षिण अफ्रिकी देश इस्वातिनी रहेको छ ।

त्यस्तै, ९० औंमा लेसोथो, ८९ औंमा चीन, ८८ औँमा टर्की, ८७ औँ सर्बिया, ८६ औँमा इन्डोनेसिया र ८५ औँ स्थानमा एस्टोनिया रहेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.