काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका प्रारम्भिक ब्याटर जोस बटलरले दिल्ली क्यापिटल्सविरुद्ध पनि शतक बनाएका छन् । उनले ५७ बलमा आठ छक्का र आठ चौकासहित शतक पूरा गरेका हुन् ।
बटलरको यो लगातार दोस्रो र जारी सिजनमा तेस्रो शतक हो । उनले अघिल्लो खेलमा कोलकाताविरुद्ध ६१ बलमा १०३ रन बनाएका थिए । योसँगै बटलरले कीर्तिमान बनाएका छन् । उनले आईपीएलमा राजस्थानका लागि सर्वाधिक शतक बनाउने रेकर्ड बनाएका हुन् ।
आईपीएल इतिहासमा बटलरको यो चौथो शतक हो । साथै, उनले एकै आईपीएल सिजनमा पहिलोपटक तीन शतक बनाए । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले १५.१ ओभरमा १५५ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको छ ।
जारी सिजनमा राजस्थानले ६ म्याच खेल्दा चारमा जित र दुई खेलमा हार बेहोरेको छ । दिल्लीले ६ खेलमा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको छैटौँ र राजस्थान तेस्रो स्थानमा छ ।