काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीचको खेल विवादित बन्यो । अम्पायरले नो बलमा फ्रि हिट नदिएपछि खेल विवादमा परेको हो ।
दिल्लीका कप्तान ऋषभ पन्तले आफ्नो खेलाडीलाई क्रिजबाट बाहिर आउन भनेपछि विवाद अहिले पनि चर्चाको शिखरमा छ । राजस्थानका तीव्र गतिका बलर ओबेद म्याकोय अन्तिम ओभरमा महँगा सावित भइरहेका थिए । दिल्लीलाई जितका लागि अन्तिम ओभरमा ३६ रन आवश्यक थियो ।
पावेलले पहिलो तीन बलमा तीन छक्का प्रहार गर्दै टोलीलाई आशा जगाए । तर, तेस्रो बल फुल टस थियो । र, दिल्लीका सबै खेलाडीले नो बल भएको संकेत गरे । तर, अम्पायरले नो बल दिएनन् । अम्पायरले नो बल नदिएपछि पन्त आक्रोशित भए ।
उनले आफ्ना खेलाडीलाई फिर्ता आउन पनि पटकपटक संकेत गरे । त्यही क्रममा दिल्लीका सहायक प्रशिक्षक अम्पायरसँग कुरा गर्न मैदानभित्र पसे । यही तनावकबीच राजस्थानका लेगस्पिनर युजवेन्द्र चहल र दिल्लीका स्पिनर कुलदीप यादवबीच पनि सामान्य विवाद भयो ।
चहलले कुलदीपलाई विवादको सट्टा ब्याटिङ गर्न आग्रह गरिरहेका थिए । भिडियोमा चहलले कुलदीपलाई धकेलेको पनि देखिन्छ । चहलको एकछिनको कुराले ऋषभको फर्किने इशाराले अन्योलमा देखिएका थिए ।
https://twitter.com/i/status/1517704904927629319