काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले छैटौँ जित निकालेको छ । शनिबार सम्पन्न पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) लाई ८ रनले हराउँदै गुजरातले छैटौं जित निकालेको हो ।
कोलकाताको भने यो पाँचौँ हार हो । आफ्नो आठौँ खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । उसका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन भने चुके ।
उनले २५ बलमा ६ छक्का र एक चौकासहित ४८ रन बनाए । त्यस्तै, रिंकु सिंह ३५, वैंकटेश अय्यर १७ र कप्तान श्रेयस अय्यरले १३ रनमा आउट भए । उमेश यादव १५ रनमा अविजित रहे ।
गुजरातका मोहम्मद शामी, यस दयाल, राशिद खानले दुई/दुई, लकी फर्गुसन र अल्जारी जोसेफले एक/एक विकेट हात पारे । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनायो ।
उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा चार चौका र दुई छक्कासहित ६७ रन बनाए । योसँगै हार्दिक गुजरातका लागि एकै सिजनमा लगातार तीन अर्धशतकीय पारी खेल्ने रेकर्ड बनाएका छन् ।
त्यस्तै, डेविड मिलरले २७, ऋद्धिमान साहले २६ र राहुल तेवटियाले १७ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा कोलकाताका लागि आन्द्रे रसेल र टिम साउथीले उत्कृष्ट प्रदर्शन गरे । रसेलले एक ओभरमा ५ रन दिएर ४ विकेट लिए ।
योसँगै उनले आईपीएलमा इतिहास रचेका छन् । रसेलले अन्तिम ओभरमा चार विकेट बलर बन्दै इतिहास रचेका हुन् । उनलाई अन्तिम ओभरमा ह्याट्रिक लिने मौका थियो । तर, त्यसमा भने रसेल चुके ।
त्यस्तै, साउथीले ४ ओेभरमा २४ रन दिएर ३ विकेट हात पारे । शिवम् मावी र उमेश यादवले एक/एक विकेट बाँडे । यो जितसँगै गुजरात फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले सात म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ ।
केकेआर अंक तालिकाको सातौँ स्थानमा छ । उसले आठ म्याच खेल्दा तीन खेलमा मात्र जित हात पारेको छ । त्यस्तै, अंक तालिकाको दोस्रोमा राजस्थान, तेस्रोमा बैंग्लोर, चौथोमा लखनउ, पाँचौँमा हैदराबाद, छैटौँमा दिल्ली, आठौँमा पञ्जाब, नवौँमा चेन्नई र दशौँमा चेन्नई रहेका छन् ।
गुजरात र केकेआरको खेलपछि यस्तो बन्यो अंक तालिका :