काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ६८ रनमै अलआउट भएको छ । आईपीएल इतिहासमा आरसिबी दोस्रोपटक यति कम स्कोरमै समटिएको हो ।
यसअघि ऊ २३ अप्रिल २०१७ मा केकेआरविरुद्ध ४९ रनमै अलआउट भएको थियो । फेरि एकपटक आरसिबीका लागि २३ अप्रिल सुखत रहन सकेन । आज पनि २३ अप्रिल नै हो । हैदराबादविरुद्ध बैंग्लोरले १६.१ ओभरमा सबै विकेट गुमाएको हो ।
मुम्बईस्थित बेर्बोन स्टेडियममा बैंग्लोरका लागि सुयश प्रभुदेसाईले १५ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । बैंग्लोरका कप्तान फाफ डुप्लेसिस पाँच, अनुज रावत, विराट कोहली, दिनेश कार्तिक शून्य, सहबाज अहमद सात, वानिन्दु हसरंगा आठ, हर्षल पटेल चार र मोहम्मद सिराज दुई रनमा आउट भए ।
हैदराबादका लागि मार्को जेनसन, टी नटराजले तीन/तीन, जगदीश सूचित र उर्मान मलिकले एक/एक विकेट लिए । जारी लिगमा हैदराबादले ६ म्याच खेल्दा चारमा जित र दुई खेलमा हार बेहोरेको छ । बैंग्लोरले सातमध्ये चार खेलमा जित हात पारेको छ ।