बैंग्लोरमाथि हैदराबादको कीर्तिमानी जित, अंक तालिकामा गर्‍यो व्यापक सुधार

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) विरुद्ध सनराइजर्स हैदराबाद ९ विकेटले विजयी भएको छ । आईपीएल इतिहासमा पहिलोपटक हैदराबादले बैंग्लोरलाई ९ विकेटले हराएको हो ।

शनिबार भएको दोस्रो खेलमा बैंग्लोरले दिएको ६९ रनको लक्ष्य हैदराबादले ८ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि अभिषेक शर्माले २८ बलमा आठ चौका र एक छक्कासहित ४७ रन बनाए । कप्तान केन विलियम्सन १५ रनमा अविजित रहे । राहुल त्रिपाठीले नटआउट सात रनको योगदान दिए ।

बैंग्लोरका लागि हर्षल पटेलले मात्र एक विकेट लिन सके । त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोर ६८ रनमै अलआउट भयो । यसअघि ऊ २३ अप्रिल २०१७ मा केकेआरविरुद्ध ४९ रनमै अलआउट भएको थियो ।

फेरि एकपटक आरसिबीका लागि २३ अप्रिल सुखत रहन सकेन । हैदराबादविरुद्ध बैंग्लोरले १६.१ ओभरमा सबै विकेट गुमाएको हो । बैंग्लोरका लागि सुयश प्रभुदेसाईले १५ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । बैंग्लोरका कप्तान फाफ डुप्लेसिस पाँच, अनुज रावत, विराट कोहली, दिनेश कार्तिक शून्य, सहबाज अहमद सात, वानिन्दु हसरंगा आठ, हर्षल पटेल चार र मोहम्मद सिराज दुई रनमा आउट भए ।

हैदराबादका लागि मार्को जेनसन, टी नटराजले तीन/तीन, जगदीश सूचित र उर्मान मलिकले एक/एक विकेट लिए । यो जितसँगै हैदराबाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि ऊ पाँचौँ स्थानमा थियो ।

हैदराबादले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हार बेहोरेको छ । उसले सुरुआती दुई खेलमा हार बेहोर्दा बाँकी पाँच खेलमा भने लगातार जित हात पारेको छ । बैंग्लोरले आठमध्ये चारमा जित र चार खेलमा हार बेहोरेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ ।

हैदराबाद र बैंग्लोरको म्याचपछि अंक तालिका :