Khabar Board
Flash logo up side
flash header

ओरेन्ज क्याप दौड : फेरि दोस्रोमा उक्लिए राहुल, अन्य स्टारको स्थान कहाँ? (सूचीसहित)

Nirbachan m

काठमाडौं ।

केएल राहुल भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक रन अर्थात् ओरेन्ज क्याप दौडको दोस्रो स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सविरुद्ध ६२ बलमा १२ चौका र चार छक्कासहित अविजित १०३ रन बनाएपछि उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

लखनउ सुपर जायन्ट्सका कप्तानसमेत रहेका राहुलले जारी लिगमा आठ म्याच खेल्दा दुई शतक र एक अर्धशतकको सहयोगमा ३६८ रन बनाएका छन् । उनी दुई खेलमा भने शून्यमै आउट भए । यसका बाबजुद पनि राहुल यसपालि पनि ओरेन्ज क्याप दौडमा अगाडि नै छन् ।

यो सूचीको शीर्ष स्थानमा भने राजस्थान रोयल्सका जोस बटलर छन् । उनले साथ खेलमा तीन शतक र दुई अर्धशतकसहित ४९१ रन बनाएका छन् । जारी सिजनमा बटलरको उच्च स्कोर अविजित ११६ रन हो । राजस्थानको जितमा उनी नायक भइरहेका छन् ।

नव प्रवेशी टिम गुजरात टाइटन्सका हार्दिक पाण्ड्या यो सूचीको तेस्रो स्थानमा छन् । उनले ६ खेलमा तीन अर्धशतकसहित २९५ रन बनाएका छन् । जारी सिजनमा पाण्ड्याको उच्च स्कोर अविजित ८७ रन हो ।

त्यस्तै, ओरेन्ज क्याप दौडको चौथो स्थानमा मुम्बई इण्डियन्सका तिलक वर्मा छन् । उनले आठ खेलमा दुई अर्धशतकको सहयोगमा २७२ रन बनाएका छन् । तिलकको यो डेब्यू सिजन हो । मुम्बईले लगातार आठ खेल हारे पनि उनले भने उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

Center article

यो सूचीको पाँचौँ स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) का कप्तान फाफ डुप्लेसिसको नाम आउँछ । उनले आठ म्याच खेल्दा दुई अर्धशतकसहित २५५ रन बनाएका छन् । जारी लिगमा फाफको उच्च स्कोर ९६ रन हो ।

त्यस्तै, ओरेन्ज क्याप दौडको छैटौँमा पृथ्वी शा (२५४), सातौँमा श्रेयस अय्यर (२४८), आठौँमा सूर्यकुमार यादव (२३९), नवौँमा शिवम् दुबे (२३९) र दशौँमा आन्द्रे रसेल (२२७ रन) रहेका छन् ।

३७ म्याच सकिँदा सर्वाधिक रन बनाउने १० ब्याटर :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.