Khabar Board
Flash logo up side
flash header

केएल राहुलले रचे इतिहास, तोडे गेलसहित तीन स्टारको कीर्तिमान

Nirbachan m

काठमाडौं ।

केएल राहुलले मुम्बई इन्डियन्सविरुद्ध आईपीएल २०२२ को ३७ औं खेलमा ६२ बलमा अविजित १०३ रन बनाए । उनकै शतकमा लखनउस सुपर जायन्ट्सले मुम्बईलाई १६९ रनको लक्ष्य दिन सफल भयो । यही शतकीय इनिङ्सको आधारमा राहुलले धेरै कीर्तिमान पनि आफ्नो नाममा बनाएका छन् ।

उनले आईपीएलमा कुनै एक टोलीविरुद्ध सर्वाधिक शतक बनाउने क्रिस गेल, डेविड वार्नर र विराट कोहलीको कीर्तिमान तोडेका छन् । यी तीन खेलाडीले अहिलेसम्म एउटै टोलीविरुद्ध दुई/दुई शतक बनाएका थिए । तर, अब राहुलले आइपिएलमा मुम्बईविरुद्ध तीन शतक बनाउँदै उनीहरूको रेकर्ड भंग गरेका छन् । उनी यही सिजनमा मुम्बईविरुद्ध दुई शतक प्रहार गरिसकेका छन् ।

Center article

त्यस्तै, राहुलले एकै सिजनमा दुई शतक प्रहार गर्ने क्रममा शिखर धवन, क्रिस गेल, शेन वाट्सन र हासिम अमलाको रेकर्ड बराबरी गरेका छन् । यी सबै खेलाडीको नाममा एक सिजनमा दुई/दुई शतक छ । आइपिएलको एक सिजनमा सर्वाधिक शतक बनाउने रेकर्ड चाहिँ विराटको नाममा छ ।

उनले एकै सिजनमा सर्वाधिक चार शतक बनाएका छन् । त्यसपछि जोस बटलर छन् । उनले यही सिजनमा तीन शतक बनाइसकेका छन् । आईपीएलमा भारतीय ब्याटर रूपमा सबैभन्दा धेरै शतक बनाउनेमा विराट शीर्षमा छन् । उनले अहिलेसम्म आईपीएलमा कुल ५ शतक बनाएका छन् । राहुल चार शतक बनाएर दोस्रो स्थानमा आएका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.