अन्ततः नेपालमा पनि ‘टी-२० क्रिकेट लिग’ हुने, यस्तो भन्छन् कप्तान लामिछाने

Image

काठमाडौं ।

अन्ततः नेपाल क्रिकेट संघ (क्यान) ले पनि नेपाल टी–२० क्रिकेट लिगको आयोजना गर्ने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै क्यानले टी–२० लिगको आयोजना गर्नेबारे जानकारी दिएको हो ।

क्यानकाअनुसार नेपाल प्रिमियर लिग अर्कैले दर्ता गराएकाले क्यानले नेपाल टी–२० लिगको नामबाट प्रतियोगिता आयोजना गर्ने भएको हो । लिग सेप्टेम्बरमा गर्ने क्यानको तयारी छ ।

लिगका लागि क्यानले भारतीय कम्पनी सेभेन थ्रि स्पोर्ट्स आठ वर्षको लागि ३ करोड ९० लाखमा सम्झौता गरिसकेको छ । अन्नतः नेपालमा पनि संघको आयोजनामा फ्रेन्चाइज लिग हुने भएपछि राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘स्वागत छ, नेपाल टी–२० ले क्रिकेट खेल्न चाहने युवा खेलाडीको लागि आमन्त्रण गर्नेछ । यसले क्रिकेट विकास, उत्कृष्ट प्रशिक्षक र स्टाफबाट सिकाउनेछ ।’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० ले नेपाली टिमको अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार ल्याउन मद्दत गर्ने बताएका छन् ।