Khabar Board
Flash logo up side
flash header

दक्षिण अफ्रिकामाथि जिम्बाब्वेको रोमाञ्चक जित, राजाले बनाए सर्वाधिक रन

Nirbachan m

काठमाडौं ।

हरारेमा भएको पहिलो अनौपचारिक एकदिवसीय खेलमा जिम्बाब्वे–११ ले दक्षिण अफ्रिका ‘ए’ लाई डकवर्थ लुइस अर्थात् डिएल मेथडको आधारमा ५ रनले हराएको छ ।

दक्षिण अफ्रिकाले दिएको २७४ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले ४८.५ ओभरमा २६६/६ रन बनाएको थियो । यही बीचमा खराब प्रकाशका कारण खेल रोकियो । र, डिएल मेथडमा जिम्बाब्वे ५ रनले विजयी भयो । योसँगै उसले तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ‘ए’ ले राम्रो सुरुवात गर्न सकेन । उसले २४ औं ओभरमा ९४ रनको स्कोरमा चार विकेट गुमाइसकेको थियो । यो अवस्थाबाट एन्डिले फेलुक्वायोले कप्तान हेनरिक क्लासेनसँग मिलेर पाँचौं विकेटका लागि १३६ रनको साझेदारी गरे ।

फेलुक्वायोले ९३ बलमा ८७ रन बनाए । क्लासेनले ५१ बलमा ५८ रनको योगदान दिए । यी दुईको इनिङ्सका कारण टोलीले २७० रनको अंक पार गरेको थियो । जिम्बाब्वेका डोनाल्ड टिरिपानोले सर्वाधिक ४ विकेट लिए ।

Center article

२७४ रनको लक्ष्यका साथ मैदान उत्रिएको आयोजक जिम्बाब्वेको सुरुवात भने खराब रह्यो । टि किटानो खाता खोल्नै आउट भए । यहाँबाट प्रिन्स मसावारे (४९) ले दोस्रो विकेटका लागि केभिन कासुजा (२७) सँग ५३ र वेस्ली मधेभेरे (३४) सँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे ।

प्रिन्स टिमको स्कोर १४२ भएको अवस्थामा आउट भएपछि कप्तान सिकन्दर राजा (५० बलमा ५९) ले मिल्टन सुम्बा (४५८) सँग पाँचौं विकेटका लागि ७१ रनको साझेदारी गरे । राजा र रिचमण्ड मुटुम्बामी (८) आउट भएपछि शुम्बाले सातौं विकेटका लागि डोनाल्ड टिरिपानोसँग अविजित ४३ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

दक्षिण अफ्रिकाका लागि लिजाड विलियम्स र रिजा हेन्ड्रिक्सले समान २/२ विकेट लिए । तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेल २७ अप्रिल र तेस्रो खेल २९ अप्रिलमा हुनेछ । एकदिवसीय शृंखलापछि यी दुई टोलीबीच मे २ देखि मे १० सम्म पाँच खेलको टी–२० सिरिज खेल्ने छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.