Khabar Board
Flash logo up side
flash header

हरभजनले छाने अल टाइम आईपीएल–११, धोनीसहित यी खेलाडीलाई दिए मौका

Nirbachan m

काठमाडौं ।

भारतीय टिमका पूर्वक्रिकेटर हरभजन सिंहले आफ्नो सर्वकालीन आईपीएल प्लेइङ–११ चयन गरेका छन्। उनले एमएस धोनीलाई यो टोलीको कप्तान बनाएका छन्। योसँगै विराट कोहली र रोहित शर्मा जस्ता अनुभवी खेलाडी पनि हरभजनले प्लेइङ इलावेनमा राखेका छन् ।

उनको सर्वकालीन आईपीएल टोलीमा धेरै अनुभवी अलराउन्डर छन्। हरभजनले वेस्ट इन्डिजका स्टार क्रिस गेल र मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई ओपनरको रूपमा चयन गरेका छन् । उनले आरसीबीका पूर्वकप्तान विराट कोहलीलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न रोजेका छन् ।

यसपछि उनले चौथो नम्बरमा ब्याटिङ गर्ने चकित पार्ने निर्णय गरेका छन् । हरभजनले चेन्नई सुपर किंग्सका पूर्वओपनर शेन वाट्सनलाई यो पदका लागि रोजेका छन् । जबकि उनले एबी डिभिलियर्स पाँचौं नम्बरमा छनोट गरेका छन् ।

Center article

यससँगै हरभजनले धोनीलाई विकेटकिपर/ब्याटरको रूपमा छनोट गरी आफ्नो टोलीको कप्तान पनि बनाएका छन् । उनले रवीन्द्र जडेजालाई छैटौं नम्बरमा छनोट गरेका छन् । त्यसपछि हरभजनले किरण पोलार्ड र ड्वेन ब्राभो बीचको छनोटमा आफ्नो दुविधा व्यक्त गरे। तर, उनले अन्तिममा पोलार्डलाई रोजे ।

हरभजनले लसिथ मलिंगा, केकेआरका सुनिल नारायण र मुम्बई इन्डियन्सका जसप्रित बुमराहलाई तीव्र गतिको बलरको रूपमा छाने । उनले छानेका एबी डिभिलियर्स, शेन वाटसन र लसिथ मालिंगाले संन्यास लिइसकेका छन् ।

हरभजनको अल टाइम आईपीएल–११ : रोहित शर्मा, क्रिस गेल, विराट कोहली, शेन वाट्सन, एबी डिभिलियर्स, एमएस धोनी (विकेटकीपर र कप्तान), रविन्द्र जडेजा, किरोन पोलार्ड, सुनील नारायण, लसिथ मालिंगा र जसप्रित बुमराह।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.