काठमाडौं ।
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व बक्सिङमा सहभागी हुने खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणका लागि बोलाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ विश्व महिला बक्सिङ च्याम्पियनसिप–२०२२ मे ६ देखि २१ सम्म टर्कीको इस्तानबुल शहरमा हुँदैछ ।
१२ औं संस्करणको च्याम्पियनसिपमा नेपालका लागि ४८ केजी तौल समूहमा सुष्मा तामाङ, ५२ केजी तौल समूहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समूहमा चन्द्रकला थापा र ६० केजी तौल समुहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी ४ जना खेलाडी थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन् । जसमध्ये पुनम रावलले कास्य पदक जितेकी थिइन् । रावलले जितेको पदक १२ वर्ष पछिनेपालले जितेको पदक हो। १२ वर्ष पहिला हालका आइबा थ्रीस्टार कोच दिपक महर्जनले कास्य पदक जितेका थिए ।
अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन् । प्रतियोगितामा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन् । प्रतियोगितामा प्रथम, दितिया र तृतीय हुनेले क्रमशः १ लाख ५० हजार र २५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छन्।