खेलाडी र कोचबीचको विवाद समाधानतर्फ, सबै पक्षसँग छलफलको तयारीमा एन्फा अध्यक्ष

Image

काठमाडौं ।

राष्ट्रिय सिनियर फुटबल टोलीका ९ खेलाडीले क्याम्प छाडेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीका अनुभवी डिफेन्डर रोहित चन्दलाई विश्राम गर्न भनेपछि अन्य खेलाडीले पनि त्यसमा असन्तुष्टि देखाउँदै टोली रहेको होटल छाडेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार रोहितसहित सुजल श्रेष्ठ विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, विमल घर्तीमगरलगायत खेलाडी बुधबारको बन्द प्रशिक्षणमा सहभागी थिएनन् । त्यसपछि उनीहरूले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग भेट गरेका थिए ।

कर्माले केही समय खेलाडीहरू छलफल गरेका थिए । खेलाडीसँग कुराकानी भएको तथा अन्य सबै पक्षसँग बिहीबार छलफल गरेर निश्कर्षमा पुग्ने उनले जानकारी दिए । कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपाली टोलीले अहले प्रशिक्षणमा रहेको छ । नेपाल अहिले एएफसी एसियन कप २०२३ को छनोटको अन्तिम चरणका तयारीमा छ ।