Khabar Board
Flash logo up side
flash header

माने चम्किँदा लिभरपुलको रोमाञ्चक जित

Nirbachan m

काठमाडौं ।

च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले सहज जित निकालेको छ । गएराति घरेलु मैदान एनफिल्डमा भएको खेलमा उसले स्पेनिस क्लब भिल्ला रियलविरुद्ध २–० को जित निकालेको हो ।

लिभरपुललाई जित दिलाउन सादियो मानेले एक गोल गरे । लिभरपुलले एक गोल भने आत्मघाती उपहार स्वरूप प्राप्त गर्‍यो । खेलको ५३ औं मिनेटमा भिल्ला रियलका डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो ।

Center article

५५ औं मिनेटमा मानेले गोल घरेलु टोलीलाई २–० को सहज जित दिलाए । यो जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा बराबरीको नतिजाले पनि उ फाइनल पुग्नेछ ।

भिल्ला रियलका लागि भने फाइनल पुग्न फराकिलो जित निकाल्नुपर्ने अवस्था आएको छ । दोस्रो लेग ४ मेमा भिल्ला रियलको घरेलु मैदान एल मड्रिगलमा हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.