Khabar Board
Flash logo up side
flash header

‘म भएसम्म तिमीहरू कोही टिममा हुँदैनौं, घर गइहाल’

Nirbachan m

काठमाडौं ।

Center article

बुधबार साँझ नेपाली फुटबल टिमभित्र देखिएको असन्तुष्टि र विवादको विषय बाहिर आयो । सेवा सुविधाको विषयमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीच कुरा नमिल्दा यो कुरा विवादको रूपमा बाहिर आएको हो । प्रशिक्षकको व्यवहारप्रति रुस्ट भएका केही खेलाडी प्रशिक्षणबाटै बाहिरिएका छन् ।

खेलाडी नै प्रशिक्षणबाट बाहिरिने निर्णयमा पुगेपछि विवाद अहिले उत्कृर्षमै नै पुगेको छ । सामाजिक सञ्जालमा धेरैले खेलाडीले अनुशासन मान्नुपथ्र्यो भनिरहेका छन् त केहीले प्रशिक्षककाे ‘दादागिरी’ भनेर पनि आरोप लगाइरहेका छन् । आखिर खेलाडी र प्रशिक्षकबीच कुन कुरामा विवाद भयो? यो विषयमा कान्तिपुर दैनिकले लेखेको छ, ‘आइतबार दशरथ रंगशालामा ट्रेनिङपछि रोहितले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई बन्द प्रशिक्षणमा खेलाडीहरूलाई होस्टेल राम्रो नभएकाले होटलमा राख्नुपर्ने बताएका थिए । एन्फा होस्टेलमा राख्ने भए खेलाडीहरूको लागि त्यसलाई सुधार गरेर राम्रो बनाउनुपर्ने विषय रोहितले राखेका थिए ।’

पत्रिकाले अगाडि लेखेको छ, ‘मिडफिल्डर/सेन्टरब्याक रोहितले खेलाडीको तर्फबाट कुरा राखेपछि प्रशिक्षक अल्मुताइरीले को–को होस्टेल बस्ने, को होटल बस्ने भन्दै खेलाडीहरूलाई हात उठाउन लगाए । अल्मुताइरीले को होटेल बस्ने भनेर सोधे, रोहितले हात उठाए । होस्टेलप्रति गुनासो गर्दै पहिला उनलाई साथ दिने बताएका सबै खेलाडी चुपचाप बसे । रोहित एक्लो भए । तत्कालै अल्मुताइरीले रोहितलाई भनेका थिए– तिमी घर जाऊ । रोहित टिमबाटै निकालिए । उनी घर फर्किन बाध्य भए ।’

रोहितलाई ‘अन्याय’ भएको भन्दै खेलाडीहरूले टिम व्यवस्थापक मधुसुदन उपाध्यायसँग कुरा राखे । तर, कुनै सुनुवाइ नभएको कान्तिपुरले लेखेको छ । टिमका एक खेलाडीले भने, ‘होस्टेल राम्रो छैन, होटेल बस्ने भन्नुपर्छ भनेर हामी सबैको बोली रोहितले बोलेका हुन् । हामी सबै डराएर बोल्न, हात उठाउन सकेनौं । होटल बस्ने भनेकै कारण रोहितलाई घर पठाउनु ठीक थिएन । आखिर त्यही दिन टिमका लागि होटल मिलाइसकेको रहेछ ।’

टिमका २५ खेलाडीमध्ये कप्तान/गोलकिपर किरण चेम्जोङ र डिफेन्डर देवेन्द्र तामाङ बाहिर छन्न् । रोहितलाई घर फर्काइएको थियो । बाँकी २२ खेलाडीमध्ये नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी र अनन्त तामाङ प्रशिक्षक अल्मतुाइरीसँग कुरा गर्न गए । तर, अल्मुताइरीले कुरै सुन्न मानेनन्, उल्टै ती खेलाडीहरूलाई घर जाऊ भनिदिए । उनले जुनियर खेलाडीहरूलाई पनि ‘मेरो टिममा बस्ने कि रोहितको टिममा जाने’ भन्दै भोटिङ गर्न भने ।

अल्मुताइरीसँगको भेटबारे खेलाडीले भने, ‘प्रशिक्षकले हाम्रो कुरा सुन्नै मानेनन् । हामीलाई ‘तिमीहरूलाई विश्वास छैन रहेछ, नेगेटिभ भाइब्स ल्याइस । घर गइहाल । टिममा तिमीहरू चाहिँदैन, म भएसम्म तिमीहरू कोही टिममा हुँदैन घर गइहाल’ भने । समस्या समाधान गर्ने उद्देश्यले पुगेका हामीलाई पनि लगातार ‘घर जा’ भनिरहे । त्यसैले मंगलबार बेलुकी हामीले होटल छाडेका छौं । ओके, बाइबाइ भनेर राम्रैसँग निस्केका हौं । व्यवस्थापकलाई भनेरै आएका हौं ।’ अल्मुताइरीसँग कुरा गर्न गएका १० जनामध्ये विभागीय टिम आर्मीका फरवार्ड नवयुग भने टिमसँगै होस्टलमा छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.