काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा पर्पल क्याप दौड अर्थात् सर्वाधिक विकेट लिने बलरको सूचीमा उर्मान मलिक दोस्रो स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सविरुद्ध पाँच विकेट लिएपछि उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।
सनराइजर्स हैदराबादबाट लिग खेलिरहेका २२ वर्षीय मलिकले ८ खेलमा ७.९६ को इकोनमीमा १५ विकेट लिएका छन् । राम्रो गतिमा बलिङ गर्ने उनलाई भारतीय टिमको भविष्यको रूपमा पनि हेरिन थालिएको छ । जारी आईपीएलमा सर्वाधिक विकेट लिने सूचीको शीर्षमा भने राजस्थान रोयल्सका स्पिनर युजवेन्द्र चहल छन् ।
उनले जारी सिजनमा ८ म्याच खेल्दा ७.०९ को इकोनमीमा १८ विकेट लिएका छन् । चहलले राजस्थानको जितमा अहम् भूमिका खेलिरहेका छन् । त्यस्तै, यो सूचीको तेस्रो स्थानमा हैदराबादका टी नटराजन छन् । उनले आठ खेलमा १५ विकेट लिएका छन् ।
त्यस्तै, चौथोमा चेन्नईका डिजे ब्रावो (१४), पाँचौँमा दिल्लीका कुलदीप यादव (१३), छैटौँमा गुजरातका मोहम्मद शामी (१३), सातौँमा वानिन्दु हसरंगा (१३), आठौँमा दिल्लीका खलिल अहमद (११), नवौंमा गुजरातका आवेश खान (११) र दशौंमा कोलकाताका उमेश यादव (११ विकेट) रहेका छन् ।
४० म्याच सकिँदा सर्वाधिक विकेट लिने १० बलर :