Khabar Board

२१ वर्षीय नेहल वढेराले खेले ५७८ रनको पारी, गरे चौका/छक्काको वर्षा

काठमाडौं ।

भारतीय युवा ब्याटर नेहल वढेराले राज्य अन्तर जिल्ला प्रतियोगितामा अविश्सनीय ब्याटिङ गरेका छन् । लुधियानाबाट प्रतियोगिता खेलिरहेका उनले भटिन्डाविरुद्ध ५७८ रनको पारी खेलेका हुन् ।

युवराज सिंहलाई आफ्नो आइडल मान्ने २१ वर्षीय वढेराले आफ्नो पारीमा ४२ चौका र ३७ छक्का प्रहार गरे । चार दिवसीय खेलको दोस्रो दिन लुधियानाले ८८०/६ मा आफ्नो इनिङ्स घोषणा गरेको थियो । जवाफमा दिनको खेल सकिएपछि भटिण्डाले ११७/४ रन बनाएको थियो ।

वढेराले खेलमा युवराजकै शैलीमा ब्याटिङ गरे । उनको हरेक शटमा युवराजको झल्को देखिन्छ । वढेराले भारतको लागि यू–१९ क्रिकेट पनि खेलिसकेका छन् । उनले जुलाई २०१८ मा श्रीलंका भ्रमणमा दुई अर्धशतक बनाएका थिए, जहाँ उनले यू–१९ अन्तर्राष्ट्रिय डेब्यूमा ८१ रनको पारी खेले ।

घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरिरहेका वढेरालाई जारी आईपीएल सिजनको सुरुवातमा राजस्थान रोयल्सले ट्रायलका लागि बोलाएको पनि थियो । तर, अक्सनमा उनीमाथि कुनै पनि टोलीले चासो देखाएनन् । वढेराले श्रीलंकाका महान् क्रिकेटर कुमार संगाकारासँग नागपुरमा समय बिताएका छन् । जसकारण पनि उनको ब्याटिङमा धेरै सुधार देखिएको छ ।

वढेरालाई सैयद मुश्ताक अली ट्रफीमा पञ्जाबको टोलीमा समावेश गरिएको थियो । तर, त्यहाँ उनले एक खेल पनि खेल्न पाएनन् । वढेरा लुधियानाबाट कुनै पनि स्तरमा भारतबाट खेल्ने तेस्रो क्रिकेटर हुन् ।

उनीअघि यशपाल शर्मा र गगनदीप सिंह भारतका लागि सिनियर स्तरमा खेलिसकेका छन् । यशपाल भारतीय क्रिकेटका पुराना खेलाडीमध्येका एक हुन् । उनी सन् १९८३ मा विश्वकप जित्ने भारतीय टोलीका सदस्य थिए ।

घर फर्किए मुम्बईका एक खेलाडी, जोडिए युवा स्पिनर

इण्डियन प्रिमियर लिग (आइपिएल) आईपीएल टोलीका बायाँ हाते तीव्र गतिका बलर अर्शद खान प्रतियोगिताबाट बाहिरिएका छन् । उनी चोटका कारण यस सिजनबाटै बाहिरिएका हुन् । अर्शदको स्थानमा मुम्बईले कुमार कार्तिकेय सिंहलाई टोलीमा समावेश गरेको छ ।

मध्य प्रदेशका अर्शद आईपीएल मेगा लिलामीमा मुम्बईले २० लाख भारुमा किनेको थियो । तर, उनले आठ म्याच सकिँदासम्म एक खेल पनि खेल्न पाएनन् । उनको स्थानमा मुम्बईमा जोडिएका सिंह बायाँ हाते स्पिनर हुन् । उनी मध्य प्रदेशका लागि घरेलु क्रिकेट पनि खेल्छन् ।

सिंहले अहिलेसम्म ९ प्रथम श्रेणी म्याच, १९ लिस्ट ‘ए’ र आठ टी–२० म्याचमा क्रमशः ३५, १८ र ९ विकेट लिएका छन् । आईपीएल २०२२ मा मुम्बईको प्रदर्शन निराशाजनक गरिरहेको छ । पाँचपटकको आईपीएल विजेता मुम्बईले आठ म्याच खेल्दा सबैमा हार बेहोरेको छ ।

लगातारको हारसँगै ऊ प्ले अफ दौडबाट पनि लगभग बाहिरिसकेको छ । टोलीका दुई प्रमुख खेलाडी इशान किशन र कप्तान रोहित शर्माले सन्तोषजनक प्रदर्शन गर्न नसक्दा मुम्बईलाई समस्या भइरहेको छ । मुम्बईले आफ्नो नवौं खेल शनिबार खेल्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.