Khabar Board
Flash logo up side
flash header

कैफले छाने आईपीएल अल टाइम प्लेइङ–११, डिभिलियर्ससहित यी खेलाडीलाई दिए मौका

Nirbachan m

काठमाडौं ।

भारतीय टिमका पूर्वसदस्य मोहम्मद कैफले इण्डियन प्रिमियर लिग (आइपिएल) को अल टाइम प्लेइङ–११ छानेका छन् । पोर्ट्सकीडासँगको कुराकानीका क्रममा उनले आफ्नो अल टाइम प्लेइङ–११ छानेका हुन् । उनले आफ्नो टोलीको कप्तानमा महेन्द्र सिंह धोनीलाई चयन गरेका छन् ।

कैफले आफ्नो प्लेइङ–११ मा ६ विदेश र पाँच भारतीय खेलाडीलाई मौका दिए । ओपनरको रूपमा उनले क्रिस गेलसँगै रोहित शर्मालाई रोजेका छन् । तेस्रो नम्बरमा कैफले आसिबीका पूर्वकप्तान विराट कोहलीलाई समावेश गरेका छन् ।

उनले सुरेश रैनालाई चौथो स्थानमा राखेका छन् । कैफले एबी डिभिलियर्सलाई पाँच नम्बरमा समावेश गरेका छन् । डिभिलियर्सले आरसिबीका लागि धेरै वर्षसम्म शानदार प्रदर्शन गरेका थिए । यो वर्ष उनी संन्यासका कारण खेलिरहेका छैनन् ।

Center article

कप्तान तथा विकेटकीपरको रूपमा कैफले महेन्द्रसिंह धोनीलाई टिममा समावेश गरेका छन् । उनले आन्द्रे रसेललाई अलराउन्डरको रूपमा टिममा राखेका छन् । स्पिनरमा कैफले राशिद खान र सुनिल नारायणलाई छनोट गरेका छन् । उनले तीव्र गतिको बलरको रूपमा भारतका जसप्रित बुमराह र श्रीलंकाका लसिथ मालिंगालाई स्थान दिएका छन् ।

मोहम्मद कैफको आईपीएलको अल टाइम प्लेइङ–११ : क्रिस गेल, रोहित शर्मा, विराट कोहली, सुरेश रैना, एबी डिभिलियर्स, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकीपर), आन्द्रे रसेल, राशिद खान, सुनिल नारायण, जसप्रित बुमराह र लसिथ मालिंगा ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.