काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्सलाई १४७ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो ।
उसका लागि नीतिश राणाले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा तीन चौका र चार छक्कासहित ५७ रनको योगदान दिए । त्यस्तै, कप्तान श्रेयस अय्यरले ४२ र रिंकु सिंहले २३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
दिल्लीका लागि कुलदीप यादवले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । त्यस्तै, मुस्तफिजुर रहमानले पनि ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे । अक्षर पटेल र चेतन सकारियाले एक/एक विकेट बाँडे । जारी सिजनमा दिल्लीले सात म्याच खेल्दा चारमा हार र तीन खेलमा जित हात पारेको छ । केकेआरले आठ म्याचमध्ये पाँचमा हार र तीन खेलमा जित निकालेको छ ।