Khabar Board
Flash logo up side
flash header

आफ्नै पूर्वकप्तानको टिमविरुद्ध रोमाञ्चक जित निकालेपछि यस्तो भन्छन् ऋषभ पन्त

Nirbachan m

काठमाडौं ।

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्धको जित निकै महत्वपूर्ण रहेको बताएका छन् । गएराति भएको खेलमा दिल्लीले केकेआरलाई ५ विकेटले हराएपछि उनले यस्तो बताएका हुन् ।

‘हामीले बीचमा धेरै विकेट गुमायौं । तर, खेललाई गहिराइमा लिएर खेल्ने हो भने जित्न सक्छौं भन्ने सोच थियो । र, हाम्रो प्लान सफल भयो । मिचेल मार्श टिममा फर्किनु दिल्लीका लागि सुखद कुरा हो । खलिल अहमद चोटका कारण विश्राम गरिरहेका छन् । उनी फर्किएपछि हाम्रो प्लेइङ–११ थप उत्कृष्ट हुनेछ,’ पन्तले भने ।

उनले अगाडि थपे, ‘हामी रोभम्यान पावेललाई फिनिशरको रूपमा हेरेका छौं । तर, केकेआरविरुद्ध जस्तो अगाडि नै धेरै विकेट गुमायौं भने उनले बाहिर आएर काम गर्नुपर्छ । हामी हाम्रा योजनाहरूसँग अझ स्पष्ट हुनुपर्दछ । र, हामी त्यसमा सुधार गर्न सक्छौं । मैले कुलदीप यादवलाई अर्को छेउबाट अन्तिम ओभर दिने विचार गरेको थिए । तर, बल भिजेको थियो । त्यसैले तीव्र गतिको बलरको प्रयोग गरेका थिए । अन्तिम ओभरमा मुस्तफिजुर रहमानले राम्रो फिनिस गरे ।’

जारी संस्करणमा दिल्लीको यो चौथो जित हो । उसले आठ म्याच खेल्दा चार खेलमा भने हार बेहोरेको छ । आफ्नो आठौँ खेलमा कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि डेविड वार्नर र रोभम्यान पावेलले उत्कृष्ट ब्याटिङ गरे । वार्नरले २६ बलमा आठ चौकासहित ४२ रन बनाए ।

पावेलले १६ बलमा तीन छक्का र एक चौकाको सहयोगमा अविजित ३३ रन जोडे । अक्षर पटेल २४, ललित यादव २२ र मिचेल मार्श १३ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

Center article

कोलकाताका लागि उमेश यादवले चार ओभरमा २४ रन दिएर सर्वाधिक चार विकेट लिए । हर्षित राणा र सुनिल नारायणले एक/एक विकेट हात पारे । त्यसअघि, मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो ।

उसका लागि नीतिश राणाले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा तीन चौका र चार छक्कासहित ५७ रनको योगदान दिए । त्यस्तै, कप्तान श्रेयस अय्यरले ४२ र रिंकु सिंहले २३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

दिल्लीका लागि कुलदीप यादवले तीन ओभरमा १४ रन दिएर ४ विकेट लिए । त्यस्तै, मुस्तफिजुर रहमानले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे । अक्षर पटेल र चेतन सकारियाले एक/एक विकेट बाँडे ।

यो जितसँगै दिल्ली आठ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । कोलकाता ६ अंकका साथ आठौँ स्थानमा छ । उसले ९ म्याच खेल्दा तीन खेलमा मात्र जित हात पार्न सकेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.