काठमाडौं ।
जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजको लागि नेपाल क्रिकेट संघ (क्यान) का लागि टोली घोषणा गरेको छ । क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेका हो ।
यसअघि क्यानले टी–२० र एकदिवसीयका लागि संयुक्त टोली घोषणा गरेको थियो । उक्त टोलीबाट आज १६ सदस्यीय टोली घोषणा गरिएको हो । एकदिवसीय टोलीमा विनोद भण्डारी, सुशन भारी, किशोर महतो, सुनिल धमलालगायतले कमब्याक गरेका छन् ।
नेपालले जिम्बाब्वेसँग भोलिदेखि तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । जिम्बाब्वे ‘ए’ नेपालको सिरिजले लिस्ट ‘ए’ को मान्यता पाएको छैन । एकदिवसीयलगत्तै दुवै टिमले टी–२० सिरिज पनि खेल्ने छन् ।
एकदिवसीय सिरिजका लागि नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी ।