Khabar Board
Flash logo up side
flash header

नेपाल र क्यामरुनी क्लबबीचको खेल आज, यी खेलाडी हुन सक्छन् टिममा

Nirbachan m

काठमाडौं ।

एएफसी एसियन कप छनोटको अन्तिम चरणका लागि बन्द प्रशिक्षणमा रहकोे नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रिपूर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग साँझ पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटका लागि नेपालले बैशाख २ गतेबाट तयारी गरिरहेको छ । तर, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० सिनियर खेलाडी प्रशिक्षण छाडेर बाहिरिएका छन् ।

सिनियर खेलाडीले क्याम्प छाडेपछि अलमुताईरीले थप १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । छनोटमा नेपाल समूह ‘ए’ नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् । यो समूहको छनोट कुवेतमा हुनेछ ।

विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले बन्द प्रशिक्षण छोडेकाले उनीहरूको स्थान आज नयाँ खेलाडीलाई खेलाइने सम्भावना छ ।

दीप कार्की, एरिक विष्ट, आयुश घलान, विकास खवास, दर्शन गुरुङ, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्याल, सुनील बल, सुरजज्यू ठकुरी टोलीमा यथावत छन् । साथै, बन्द प्रशिक्षणमा विशाल सुनार (गोलरक्षक), अभिषेक बराल (गोलरक्षक), सेसेहाङ आङदेम्बे, जर्जप्रिन्स कार्की, शिव गुरुङ, आकाश बुढा मगर, सुशील राई, राजन गुरुङ, सन्जोग राईलगायत खेलाडी थपिएका छन् ।

Center article

जिब्बाब्वेसँगको वानडे सिरिजका लागि नेपालको टोली घोषणा

जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजको लागि नेपाल क्रिकेट संघ (क्यान) का लागि टोली घोषणा गरेको छ । क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेका हो । यसअघि क्यानले टी–२० र एकदिवसीयका लागि संयुक्त टोली घोषणा गरेको थियो ।

उक्त टोलीबाट आज १६ सदस्यीय टोली घोषणा गरिएको हो । एकदिवसीय टोलीमा विनोद भण्डारी, सुशन भारी, किशोर महतो, सुनिल धमलालगायतले कमब्याक गरेका छन् । नेपालले जिम्बाब्वेसँग भोलिदेखि तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । जिम्बाब्वे ‘ए’ नेपालको सिरिजले लिस्ट ‘ए’ को मान्यता पाएको छैन । एकदिवसीयलगत्तै दुवै टिमले टी–२० सिरिज पनि खेल्ने छन् ।

एकदिवसीय सिरिजका लागि नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.