Khabar Board
Flash logo up side
flash header

विद्रोह गर्ने १० को स्थानमा अल्मुताइरीले प्रशिक्षणमा समावेश गरे १७ नयाँ खेलाडी

Nirbachan m

काठमाडौं ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादलाई लिएर १० जना खेलाडीले विद्रोह गरेपछि १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । रोहित चन्दसहितका १० खेलाडीलाई क्याम्पबाट निकालेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताईरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका हुन् ।

अलमुताईरीले आफूहरूमाथि तानाशाही व्यवहार देखाएको बताउँदै बुधबारदेखि १० खेलाडीले असन्तुष्टि जनाएर टिम छाडेका थिए । बोलाइएका १७ नयाँ खेलाडीले बन्द प्रशिक्षमा सहभागिता जनाइसकेका छन् । बन्द प्रशिक्षणमा सहभागी नयाँ खेलाडीहरूमा विकेश कुथु, विशाल सुनार, जर्ज प्रिन्स कार्की, सुशील राई, निरकुमार राई, रुप बहादुर लामा, सेसेहाङ आङदेम्बे, शिव गुरुङ र राजन गुरुङसहित छन् ।

१७ नयाँ खेलाडी  : अनिश चौधरी, विकेश कुथु, जर्ज प्रिन्स कार्की, विशाल सुनार, सुशील राई, निरकुमार राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, रूपबहादुर लामा, अविषेक बराल, शिव गुरुङ, सञ्जोक राई, रोशन राना, मनीष मगर, विकास तामाङ, आकाश बुढामगर र सुनिल श्रेष्ठ ।

Center article

बन्द प्रशिक्षण छाड्ने खेलाडी : विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र विशाल राई ।

बन्द प्रशिक्षणमा यथावत : दीप कार्की, एरिक विष्ट, आयुश घलान, विकास खवास, दर्शन गुरुङ, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्याल, सुनील बल र सुरजज्यू ठकुरी ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.