Khabar Board
Flash logo up side
flash header

जिम्बाब्वेविरुद्धको पहिलो खेलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ–११

Nirbachan m

काठमाडौं ।

एकदिवसीय सिरिजअन्तर्गत नेपालले शनिबार जिम्बाब्वे ‘ए’ विरुद्ध खेल्दैछ । नेपाल र जिम्बाब्वेबीचको पहिलो खेल बिहान ९ बजेपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । सिरिजमा दुवै टिम पहिलो खेलर जितेर सुखद सुरुवात गर्न चाहन्छन् ।

नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जिम्बाब्वेलाई स्तब्ध पार्ने योजनामा छ । हालसम्म नेपालको सिनियर टिमले जिम्बाब्वेविरुद्ध जित हात पारेको विगत छैन । शनिबार भने नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । यता जिम्बाब्वे पनि नेपाललाई दबाबमा राख्दै शानदार जित हात पार्न चाहन्छ । उसको टिममा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका खेलाडी छन् ।

तडिवानासे मरुमणि, टिना टेन्डा मुटोम्बोड्जी, मभुता ब्रेन्डन, न्याउची भिक्टर, ल्यूक जोंगवे, रोय किला र काइया इनोसेन्ट जिब्बाब्वे ‘ए’ टिमका मुख्य खेलाडी हुन् । उनीहरूले सिनियर टोलीबाट पनि खेलिसकेका छन् ।

समग्रमा जिम्बाब्वेले ‘ए’ टिम पठाए पनि नेपालका लागि यो टोली पनि बाधक बन्न सक्छ । यद्यपि पछिल्लो समय ठिकठाक लयमा रहेको नेपालले पनि जिम्बाब्वेविरुद्ध आफ्नो लय कायमै राख्ने सम्भावना छ । नेपाल र जिम्बाब्वे ‘ए’बीचको खेल टेलिभिजनमा याक्सन स्पोर्ट्स एचडी वान र युट्युबमा ओएसआर डिजिटलबाट हेर्न सकिनेछ ।

Center article

जिम्बाब्वे ‘ए’ विरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, विनोद भण्डारी, आदिल अन्सारी, करण केसी, सोमपाल कामी र सुशन भारी ।

पहिलो खेलमा सुनिल धमला, आसिफ शेख, विक्रम सोब, किशोर महतो र सागर ढकाल भने बेन्चमै बस्न सक्छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.