Khabar Board
Flash logo up side
flash header

गोलको वर्षा भएको खेलमा पिएसजीले जित निकाल्न सकेन

Nirbachan m

काठमाडौं ।

फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा ऊ घरेलु टोली स्टार्सवर्गसँग ३–३ को बराबरीमा रोकिएको हो । स्टार्सवर्गका लागि केभिन गेमेइरो र एन्थोनी काचीले एक/एक गोल गरे । उसले एक गोल भने उपहारस्वरूप प्राप्त गर्‍यो ।

पिएसजीका लागि केलियन एम्बाप्पेले दुई तथा अचरफ हाकिमीले एक गोल गरे । खेलको दोस्रो मिनेटमै गेमेइरोको गोलबाट स्टार्सवर्गले सुरुवाती अग्रता लियो । २३ औं मिनेटमा एम्बाप्पेले खेललाई १–१ को बराबरीमा ल्याए ।

Center article

६४ औं मिनेटमा हाकिमीले गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए । ६८ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ७५ औं मिनेटमा मार्को भेराटीले आत्मघाती गोल गरेपछि खेल ३–२ को स्थितिमा पुग्यो ।

थप गरिएको समयमा काचीले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकिएको हो । यो नतिजासँगै शीर्ष स्थानको पिएसजीले ३५ खेलमा ७९ अंक जोड्दा समान खेलबाट स्टार्सवर्ग ५७ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.