Khabar Board
Flash logo up side
flash header

क्रिकेट लिग खेल्न आज यूएई जाँदै रुविना र सीता, अल्मुताइरीले पनि दिए शुभकामना

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान सीता रानामगर आज यूएई जाँदै छन् । उनीहरू फेयर ब्रेक इन्भिटेसनल टी–२० क्रिकेट प्रतियोगिता खेल्न आज अपरान्ह ३ः४५ मा यूएई जान लागेका हुन् ।

यूएई जानुअघि रुविना र सीतालाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ । विदाइ समारोहमा महिला टिमका प्रशिक्षक जगत टमाटा, क्यानका पदाधिकारी, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, अल्मुताइरीले रविना र सीतालाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाइहरूप्रति सबै सम्पूर्ण नेपालको गर्व छ, जय नेपाल ।’

Center article

फेयर ब्रेक इन्भिटेसनल टी–२० क्रिकेट प्रतियोगितामा रुविनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछन् । ६ टोलीको सहभागिता रहने यो प्रतियोगितामा विश्वका स्टार महिला क्रिकेटरको सहागिता रहनेछ । रुविनाले इंग्ल्याण्डकी कप्तान हेदर नाइट र सीताले स्टेफनी टेलरको कप्तानीमा खेल्ने छन् ।

प्रतियोगिता ४ मेदेखि १५ सम्म दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा चल्नेछ । प्रतियोगितामा कुल १९ खेल हुनेछन् । सीताको टोलीमा कप्तान टेलरसँगै न्यूजिल्यान्डकी शोफी डेभनी, न्यूजिल्याण्डकी क्याटी मार्टिन, पाकिस्तानकी अलिया रियाज र दक्षिण अफ्रिकाकी सुने लुसलगात चर्चित खेडाडी छन् ।

त्यस्तै, रुविनाको टिममा हेदरसँगै दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड, पाकिस्तानकी फतिमा सना र वेस्ट इन्डिजकी डिआन्ड्रा डोटिनलगायत नाम चलेका खेलाडी छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.