Khabar Board
Flash logo up side
flash header

बैंग्लोरले दियो गुजरातलाई चुनौतीपूर्ण लक्ष्य, यी तीन ब्याटरको उत्कृष्ट प्रदर्शन

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले गुजरात टाइटन्सलाई १७१ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित बेर्बोन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको आरसिबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो ।

उसका लागि विराट कोहली र जित पाटिदारले अर्धशतकीय पारी खेले । कोहलीले ५३ बलमा ६ चौका र एक छक्कासहित ५८ तथा पाटिदारले ३२ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५२ रन बनाए । विराटले १४ पारीपछि आईपीएलमा अर्धशतक बनाएका हुन् ।

Center article

ग्लेन म्याक्सवेलले १८ बलमा तीन चौका र दुई छक्कासहित ३३ रनको उत्कृष्ट पारी खेले । महिपाल लोमरले आठ बलमा एक छक्का र दुई चौकाको मद्दतमा १६ रन बनाए । शहबाज अहमद दुई रनमा अविजित रहे । गुजरातका लागि प्रदीप सांगवानले दुई, राशिद खान, अल्जारी जोसेफ, लकी फर्गुसन र मोहम्मद शामीले एक/एक विकेट लिए ।

जारी सिजनमा गुजरातले आठ म्याच खेल्दा सात खेलमा जित हात पारेको छ । ऊ १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । बैंग्लोरले नौ म्याच खेल्दा पाँचमा जित र चार खेलमा हार बेहोरेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.