काठमाडौं ।
टी–२० सिरिजको पहिलो खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वे ‘ए’ ले दोस्रो विकेट गुमाएको छ । उसले दोस्रो विकेटको रूपमा १४.२ ओभरमा कप्तान टोनी मुनियाङ्गाको विकेट लिएका हुन् ।
टोनीले २३ बलमा सात छक्कासहित ५० रनको आक्रामक पारी खेले । उनलाई आज डेब्यू गरेका स्पिनर बसिर अहमदले आउट गरे । उनले डेब्यूमा राम्रो बलिङ गरेका छन् । दुई ओभर बलिङ गर्दा बसिरले एक विकेट लिएर १४ रन दिएका छन् ।
जिब्बाब्वेले आक्रामक ब्याटिङ गरेको छ । उसले १५ ओभरमा २ विकेट गुमाएर १४८ रन बनाइसकेको छ । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो । टी–२० क्रिकेटमा नेपालले जिम्बाब्वेलाई दिएको यो हालसम्मकै बलियो लक्ष्य हो ।
नेपालका लागि मोहम्मद आलिल आलमले उत्कृष्ट पारी खेले । उनले २७ बलमा चार चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ३१ बलमा आठ चौकासहित ४६, रोहितकुमार पौडेलले २६ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३६ रनको योगदान दिए ।
दीपेन्द्रसिंह ऐरीले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २८ रन जोडे । आसिफ शेख ९, आरिफ शेख दुई र करण केसी चार रनमा अविजित रहे । जिम्बाब्वे एका लागि जोन मसरा, ब्रेण्डन मभुता, ल्युक जोग्वें र ब्राड इभन्सले एक/एक विकेट लिए ।