काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले टिमोर लिस्टेविरुद्धको मैत्रीपूर्ण खेल बराबरी खेलेको छ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा दुवै गोल फर्काएकाे हाे ।
खेलको ४४ औं मिनेटमा गोल गर्दै टिमोर लिस्टेले अग्रता लिएको थियाे । उसले अर्को गोल ४५+१ औं मिनेटमा गोल गरेकाे थियाे । दोस्रो हाफको ५१ औं मिनेटमा नेपालका दर्शन गुरुङले गोल गरे । भने नेपालका लागि खेलको ७२ औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो । नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो मुख्य खेलाडी नहुँदा केही दबाबमा देखाएको थियाे । खेलभर धेरै गोल गर्ने सुनौलो मौका पाउँदा पनि गोल गर्ने सकेन।
अब नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने छ । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
यो पनि : टिमोर लिस्टेविरुद्ध नेपालले लगातार फर्कायो दुई गोल
यो पनि : पहिलो हाफमै टिमोर लिस्टेविरुद्ध नेपालले खायो गोल
