काठमाडौं ।
साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको छ। जहाँ नेपालले पनि खेलिरहेको छ। नेपालको प्रदर्शन शानदार रहेको छ।
नेपालले दुई खेल खेलेको छ। दुवै खेलमा नेपाल विजयी भएको छ। नेपालले आफ्नो तेस्रो खेल भारतसँग आइतबार खेल्दैछ। समग्र नेपाली फुटबल समर्थक मात्र नभई नेपाली सिनियर टोलीका प्रशिक्षक अब्दुल्लाहले समेत यसको प्रशंसा गरिरहेका छन्।
दोस्रो खेलमा श्रीलंका विरुद्ध जित हात पारे पछी उनले अब नेपाली सिनियर फुटबल टोलीले सजग हुनुपर्ने समेत बताए। घरेलु मैदानमा भइरहेको प्रतियोगितामा भारत यसपटकको साविकको बिजेता रहेको छ।
तर प्रतियोगिताको सुरुवात भने उसले सोचे अनुसारको गर्न सकेन। यसपटक केही नयाँ फुटबल खेलिरहेको बङ्गलादेश विरुद्ध २-१ गोल अन्तरले पराजित हुँदै भारतले प्रतियोगिताको सुरुवात गरेको थियो।
प्रतियोगितामा संवेदनशील अवस्थामा पुगेपछि भारतका मुख्य प्रशिक्षक सणमुगम वेनकटेशले अबका सम्पूर्ण खेल महत्वपूर्ण रहेको बताएका छन्।
‘अब हामी पछाडि फर्केर निराश हुनुहुन्न, बंगलादेशसँगको खराब नतिजा हामीले बिर्सिनुपर्छ। हामीले श्रीलंकासँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका हौं। यो खेल हाम्रो लागि निकै महत्वपूर्ण थियो,’ उनले भने, ‘अब हामी नेपालको सामना गर्न पूरा तयार छौं। त्यहीअनुसार तयारी पनि गरेका छौं। नेपालमाथि जित निकाल्छौं भन्नेमा विश्वस्त छु।’
नेपालविरुद्ध पनि आफूहरूले उत्कृष्ट रणनीति बनाउँदै जित्नकै लागि मैदानमा उत्रने उनको भनाइ छ। ‘आइतबार नेपाल र मंगलबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ। यी दुवै खेलमा जित निकाल्ने तरिकाले खेल्नुपर्छ,’ उनले भने।
भारतसँग खेल्नुअघि यस्तो भन्छन् नेपाली प्रशिक्षक
साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आइतबार भारतको सामना गर्दैछ। यो दुवै टिमका लागि अत्यन्तै महत्वपूर्ण खेल पनि छ। कालिंगा रंगशालामा हुने नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो। त्यसैले यी दुई टोली एकआपसमा भिड्दा ठूलो प्रतिस्पर्धा हुने निश्चित छ।
साफको जुनसुकै स्तरको खेल किन नहोस् नेपाल र भारत इतिहास देखिनै सदाबहार प्रतिद्वन्द्वी हुन्। नेपालमा जो कोही फुटबल समर्थकलाई सोध्ने हो भने पनि उनीहरु आफ्नो टोलीले बस् भारतलाई पराजित गरोस् भन्ने चाहन्छन्। नेपाली समर्थकलाई अरु हारले केही फरक नपर्ला तर भारतसँगको हार सह्य हुँदैन। नेपाली टोली चाहे जुनै उमेर समूहको किन नहोस् भारतविरुद्ध उत्रिँदा जहिल्यै अतिरिक्त शक्तिसहित उत्रिन्छ।
उता भारतको अवस्था पनि फरक छैन। जुनसुकै स्तरको खेल होस् यदि प्रतिद्वन्द्वी नेपाल छ भने उनीहरू सतर्क रहने गर्छन्। पछिल्ला केही वर्षयता नेपाली फुटबलले भारतसँग सफलता हात पार्न सकेको छैन तर यसको असर यी दुईबीच हुने कडा टक्करमा परेको छैन।
पछिल्लो समय बंगलादेशले हरेक स्तरमा भारतलाई राम्रो चुनौती दिइरहेको छ। तर भारतले नेपाललाई आफ्नो सदावहार प्रतिद्वन्द्वी स्विकार्छ। उनीहरुले राम्ररी बुझेका छन् नेपालले दुई प्रकारको फुटबल खेल्छ। एक जो सामान्यतया अन्य टोलीविरुद्ध खेल्छ र एक जो भारतविरुद्ध खेल्ने गर्छ।
घरेलु टोली भारतसँग खेल्नुअघि नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले भारतसँगको खेलमा अझ राम्रो प्रदर्शन गर्ने गरी तयारी गरेको बताए। पहिलो र दोस्रो खेल जितेपछि खेलाडीमा आत्मविश्वास बढेको प्रशिक्षक केसीको भनाइ छ।
उनले भारतविरुद्ध पनि जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए। ‘हामीले तयारी राम्रो गरेका छौँ। भारतलाई पनि जित्छौं भन्ने पूर्ण विश्वास छ। केटाहरूले यसअघिका दुई खेलमा राम्रो प्रदर्शन गरेका छन्,’ उनले भने, ‘माल्दिभ्स र श्रीलंकाभन्दा भारत बलियो टिम हो। तर पनि हामी जित्ने गरी नै खेल्छौं। लगातार दुई म्याच जितले खेलाडीहरूमा आत्मविश्वास पनि बढेको छ।’
उनले थपे ‘हामी अन्य विकल्पमा सोचिरहेका छैनौं। हामीले शतप्रतिशत जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्य राख्ने छौं। भारत बलियो टोली हो। घरेलु रंगशालामा दर्शकको राम्रो साथ उसले पाउनेछ। नेपाललाई ठूलो चुनौती छ। तर, हामी हाम्रो मेहनतमा विश्वास गर्छौं। हाम्रो लागि सबै सम्भव छ।’
यस्तै, भारतका मुख्य प्रशिक्षक सणमुगम वेन्कटेशले अबका सम्पूर्ण खेल महत्वपूर्ण रहेको बताएका छन्। उनले नेपालसँग पनि जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने बताएका छन्।
‘अब हामी पछाडि फर्केर निराश हुनुहुन्न, बंगलादेशसँगको खराब नतिजा हामीले बिर्सिनुपर्छ। हामीले श्रीलंकासँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका हौं। यो खेल हाम्रो लागि निकै महत्वपूर्ण थियो,’ उनले भने, ‘अब हामी नेपालको सामना गर्न पूरा तयार छौं। त्यहीअनुसार तयारी पनि गरेका छौं। नेपालमाथि जित निकाल्छौं भन्नेमा विश्वस्त छु।’
नेपालविरुद्ध पनि आफूहरूले उत्कृष्ट रणनीति बनाउँदै जित्नकै लागि मैदानमा उत्रने उनको भनाइ छ। ‘आइतबार नेपाल र मंगलबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ। यी दुवै खेलमा जित निकाल्ने तरिकाले खेल्नुपर्छ,’ उनले भने। पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन्।