नेपाल भर्सेस नेदरल्याण्ड्स : यस्तो छ हेड टु हेड

Image

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा आज (मंगलबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

आजको खेलमा नेपालले नेदरल्यान्ड्ससँग तेह्रौं पटक खेल्दैछ । यो नेपालले कुनै पनि एक देशसँग खेलेको सर्वाधिक धेरै टी-२० खेल हुनेछ । यस भन्दा अघि नेपाल र नेदरल्यान्ड्सबीच भएको १२ टी-२० आई खेलमा नेदरल्यान्ड्स ६ खेलमा विजयी हुँदा नेपालले ५ खेल जितेको छ भने एक खेल नतिजाबिहिन रुपमा सकिएको छ ।

टी-२० आईमा कीर्तिमानी रुपमा खेलेका नेपाल र नेदरल्यान्ड्सले विश्वकपको मन्चमा भने पहिलो पटक खेल्दै छन् । नेपाल र नेदरल्यान्ड्सको पछिल्लो भेट टियु मैदान कीर्तिपुरमा भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीचको पछिल्लो भेट

नेपाल, नामिबिया र नेदरल्यान्ड्स रहेको त्रिदेशीय टी-२० आई सिरिजको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्सको खेल भएको थियो । फाइनल खेल नेपालले ४ विकेटले गुमाएको थियो । नेपालले टस जितेर ब्याटिङ रोजेकोमा २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

यो पनि : टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै, यसरी हेर्ने सकिन्छ लाइभ

नेपालका लागि सो खेलमा ओपनर आसिफ शेखले ३७ बलमा ४७ तथा गुलसन झाले २५ बलमा ३४ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि टिम भार डेर गुन्टेन, फ्रेड केल्सन, माइकल लेभिट र साईब्रान्ड एगंलब्रेथले समान दुई दुई विकेट लिएका थिए । नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह डी मा नेपाल र नेदरल्यान्ड्सको अलावा दक्षिण अफ्रिका, श्रीलंकाका र बंगलादेश तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् । समूह बी मा नामिबिया, ओमान, अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा छन् ।

यो पनि : यस्तो छ नेदरल्यान्ड्सविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

यो पनि : यस्तो छ नेपाल र नेदरल्यान्ड्सले खेल्ने रङ्गशाला, पीच कति चुनौतीपूर्ण ?

यो पनि : नेपाल र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित हुने सम्भावना कति ?