Khabar Board

श्रीलंकासँग नेपालको खेल रद्द भएपछि यस्तो भन्छन् प्रशिक्षक मोन्टी देसाइ

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग अंक बाँड्यो। अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी क्रिकेट रंगशालामा तय भएको खेल वर्षाका कारण मैदानमा पानी जम्दा रद्द भयो।

यसअघि नेदरल्यान्ड्सविरूद्ध पराजित भएको नेपालले आजको खेल रद्द भएसँगै एक अंक जोड्यो। श्रीलंकाको पनि एक अंक नै भएको छ। यद्यपि श्रीलंकाले यसअघिका दुवै खेल गुमाएको थियो।

खेल रद्द भएसँगै नेपालका प्रशिक्षक मोन्टी देसाइले आगामी खेलमा केन्द्रीत हुने प्रतिक्रिया दिएका छन्। नेपालले अब जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ। दुवै खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा हुनेछ। त्यसका लागि नेपाली टोली भोलि सेन्ट भिसेन्ट जाने कार्यक्रम छ।

यो पनि : नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका समूह चरणबाटै बाहिरियो

‘अब हामी आगामी खेलमा केन्द्रीत हुनेछौं। अबको खेलमा घाम लागेर राम्रो खेल हुन्छ भन्ने आसामा छौं। हामी टी-२० फर्म्याटमा कुनै पनि टोलीको चुनौती स्वीकार गर्न तयार छौं। हामीले विश्वकपका लागि कडा मिहिनेत गरेका छौं। त्यो हामीले मैदानमा देखाउन पाएनौं,’ मोन्टीले भने, ‘हामी वास्तवमा खेल खेल्न चाहान्छौं। हाम्रा लागि श्रीलंकासँग अवसर थियो। किनभने उनीहरूमाथि दबाब थियो। हाम्रो लागि यहाँको पीच र कन्डिसनमा भिज्न पर्ने अवस्था थियो।’

उनले क्यारेबियन पिचको अवस्था फरक हुने बताउँदै नेपाली टोली त्यसका लागि तयार हुनुपर्ने धारणा राखे। उनले भने, ‘सेन्ट भिसेन्टमा त्यहाँको पिचलाई सदुयोग गर्न जरूरी छ। स्पिनर र अरु खेलाडीहरु त्यसका लागि तयार हुनपर्छ। १२० बलका लागि हामी तयार हुनपर्छ। त्यसलाई हामीले अवसरको रुपमा लिनुपर्छ।’यस्तै उनले नेपालको युवा टोलीलाई संसारभरबाट नेपाली समर्थकले माया गरेकोमा धन्यवाद समेत व्यक्त गरे।

नेपालको खेलपछि समूह चरणबाट बाहिरिने संघारमा पुगेको श्रीलंकाका बलर महिस तिक्षणाले आफूहरुले राम्रो खेल्न नसकेको प्रतिक्रिया
‘मौसम हाम्रो हातमा छैन। हामीले पछिल्ला दुई खेलमा राम्रो खेल्न सकेनौं। अब हामी बाँकी खेलमा राम्रो खेल्ने कोसिस गर्नेछौं। अब हाम्रो हातमा समीकरण छैन। केही जादू भए मात्र हामी बढ्न सक्छौं,’ उनले भने, ‘सबै कुरा नराम्रो भयो। हामीले ब्याटिङ गर्न सकेनौं। कन्डिसनअनुसार खेल्न सकेनौं। अब हामी अन्तिम खेल राम्रो गर्नेछौं।’  -सेतोपाटीबाट

यो पनि : नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका समूह चरणबाटै बाहिरियो

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.