Khabar Board

श्रीलंकाका यी दुई तीव्र गतिका बलरले भारतविरुद्धको सिरिज गुमाउने

एजेन्सी । श्रीलंकाका तीव्र गतिका थप २ बलर भारतविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिएका छन् ।

तीव्र गतिका बलरद्वय माथिशा पाथिराना र दिलशान मधुशंकाले सिरिज गुमाउने भएका हुन् । पाथिरानाको काँध र मधुशंकाको ह्यामस्ट्रिङमा चोट लागेको छ।

श्रीलंकाको टोलीमा बिरामी परेका दुष्मन्था चमिरा र औंला भाँचिएका नुवान तुषारा पनि छैनन् । यी दुवै खेलाडीले टि ट्वान्टी आईमा पनि थिएनन् ।

उनीहरुको स्थानमा दायाँ हाते तीव्र गतिका बलर मोहम्मद शिराजलाई र दायाँ हाते तीव्र गतिका बलर इशान मालिंगालाई टोलीमा समावेश गरिएको छ । टोलीमा समावेश दुवै खेलाडी अनक्याप्ड छन् । भारतसँगको ३ खेलको ओडिआई सिरिज शुक्रबारबाट सुरुआत हुदैछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.