बार्सिलोनाबाट ला लिगामा यी तीन नयाँ खेलाडी दर्ता

Image

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नयाँ सिजनका निम्ति तीन खेलाडीको नाम ला लिगामा दर्ता गराएको छ । बार्सिलोनाले ला लिगामा आइतबार भ्यालेन्सियाविरुद्ध खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।

त्यसअघि बार्सिलोनाले ड्यानी ओल्मो, निको विलियम्स र पाउ भिक्टरलाई ला लिगामा दर्ता गराएको हो । बार्सिलोनाले यो ट्रान्सफर विन्डोमा स्पेनका फरवार्ड ओल्मोलाई ६७.८ मिलियन डलरमा अनुबन्ध गरेको थियो ।

स्पेनबाट युरोपियन च्याम्पियनसिपको उपाधि समेत जितेका ओल्मो बार्सिलोनाको लक्ष्य थिए । तीन खेलाडी दर्ता गराए पनि आइतबार हुने खेलमा ओल्मो र भिक्टर टिममा रहने वा नरहनेबारे हालसम्म निश्चित भइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।