पारोसंग पराजित भएपछि चर्च ब्वाइजका प्रशिक्षक महर्जन भन्छन् – होन्डाका कारण खेल्न गाह्रो भयो

Image

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्ले अफमा भुटानको पारो एफसीसँग पराजित भएपछि नेपाली लिग च्याम्पियन चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले जापानी स्टार केइसुके होन्डाका कारण खेल्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् ।

‘हाम्रो लक्ष्य अर्को चरणमा पुग्नु थियो । त्यसमा सफल हुन सकेनौं । दुवै टोलीको प्रदर्शन राम्रो थियो । धेरै अवसर खेर फाल्यो । वैकल्पिक रंगशाला नहुदा हिलाम्मे भए पनि यसैमा खेल्नु पर्ने बाध्यता छ । राष्ट्रिय टोलीका खेलाडीबाट साचे अनुसारको प्रदर्शन हुन सकेन ,’महर्जनले भने, ‘केइसुके होन्डा उत्कृष्ट खेलाडी हो । खेलमा उसको प्रभाव प्रस्ट देखिएको थियो । भुटानको टोली भए पनि पारोले विदेशी खेलाडीलाई मैदान उतारेको थियो । जसले गर्दा हामीलाई गाह्रो भयो ।’

मंगलबार भएको खेलमा चर्च ब्वाइज पारो एफसीसँग २–१ गोल अन्तरले पराजित भएको हो। हारसँगै चर्च ब्वाइज प्लेअफबाटै बाहिरिएको छ।चर्च ब्वाइजविरुद्धको जितसँगै पारो समूह चरणमा प्रवेश गरेको छ। समूह चरणको खेल तािलका एएफसीले केही दिनमा नै सार्वजनिक गर्नेछ।

यो पनि : घरेलु मैदानमा चर्च ब्वाइजलाई हराएपछि पारोका कप्तान होन्डा भन्छन् : खेल कठिन थियो तर जितियो