कुशल यु–२० टिमको कप्तान

Image

काठमाडौं । मिडफिल्डर कुशल देउवा नेपाल यु–२० टिमको कप्तान नियुक्त भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु फुटबलमा सानदार प्रदर्शन गर्दै आएका कुशललाई जिम्मेवारी सुम्पिएका छन् ।

कुशलले नेपाल सुपर लिग (एनएसएल)मा च्याम्पियन ललितपुर सिटी एफसीबाट खेलेका थिए । त्यस्तै, नेपालको यु–१९ टिमबाट खेलिसकेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने यु–२० च्याम्पियनसिप आइतबारदेखि हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता सातदोबाटो र दशरथ रंगशालामा गर्ने तयारी गरेको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन् ।

नेपाली टोलीः

गोलकिपरः जियारथ शेख, विशाल विसी, कृशल मोक्तान
रक्षकः आश्विन घोरासैनी, सिमान्त थापा, समीन घिमिरे, विक्रम तामाङ, मदन पौडेल, निङ्साङ लिम्बु, राम थापा, आयुष तिम्सिना
मिडफिल्डरः कुशल देउवा (कप्तान), लक्षु थापा, अविनाश स्याङताङ, जनप्रकाश बम, सरोज दर्लामी
फरवार्ड: निराजन धामी, रोहन खड्गी, समीर तामाङ, अनिल बम्जन, धर्वेन्दर कुंवर, हरिषराज भट्ट, नीरज कार्की