काठमाडौं । अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ। प्रिनसी सुल्तान बिन अब्दुल अजिज स्टेडियम शनिबार भएको फाइनलमा अल हिलालले नासरलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
प्रिन्स सुल्तान विन अब्दुल अजिज रंगशालामा अल हिलाललाई जित दिलाउन एलेक्सजान्डर मित्रोभिचले दुई तथा सर्जी मिलान्कोभिच साभिच र माल्कोमले समान एक गोल गरे । कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको गोल अल नासरका लागि सान्त्वना बन्यो ।
खेलको ४४औं मिनेटमा रोनाल्डोको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । ५५औं मिनेटमा साभिचले अल हिलाललाई बराबरीमा ल्याए ।
मित्रोभिचले ६३औं मिनेटमा गोल गर्दा आल हिलाल २-१ ले अगाडि बढ्यो । ६ मिनेटपछि नै मित्रोभिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । माल्कोमले ७७औं मिनेटमा गोल गर्दै अल हिलालाई ४-१ को सहज जित दिलाए ।















